राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक

272 Shares

काठमाडौं, १९ माघ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक भइरहेको छ ।
दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो ।
नागरिकता सम्बन्धी विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम गृहमन्त्री पद गुमेको छ ।

सम्बन्धित समाचार