zoom join meeting with id and password hack zoom app download apphax.co how do i download zoom on my huawei - how do i download zoom on my huawei zoom sound wont work on laptop inner zoom jquery free download how zoom app is unsafe

कोरोना संक्रमित भई नारायणीमा उपचार गराई रहेकी २ महिलाको मृत्यु

   १४ बैशाख २०७८, मंगलवार १३:५१  

 

तराई टप संवाददाता
पर्सा, १४ बैशाख । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराईरहेकी २ जना महिला मंगलवार विहान कोरोना संक्रमितबाट मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचाररत दुवै महिलाको आज बिहान करिव डेढ बजेको र बिहान ३ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया निवासी ६५ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा निवासी ४० वर्षीय महिला रहेकी छिन् ।
दुवै संक्रमित महिलामा गम्भीर किसिमको निमोनिया देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए । उनीहरुको मृत्यु पनि निमोनियाका कारण फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासको कमिले भएको डा. दासले बताए ।
यसैबीच पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार नारायणी अस्पतालमा विभिन्न स्थानबाट आएका १ सय ४० जना व्यक्तिको थ्रोट स्वाबको नमुनालाई आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका ६४ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए
पर्सामा संक्रमित पुष्टि भएका मध्ये ६१ जना सदरमुकाम वीरगञ्जका बासिन्दा हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै