कटुवाचौर बजारमा आगलागी, ९ बटा घर जलेर नष्ट

96 Shares

दोलखा, १९ माघ । दोलखाको कटुवाचौर बजारमा आगलागी भएर ९ बटा घर जलेर नष्ट भएको छ ।
गएराति कालिन्चोक गाउँपालिका वर्डा नं. ९ कटुवाचौर बजारमा भिषण आगलागीमा ९ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खडका, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन ।
परिसरमा सञ्चालनमा रहेका पसलेहरुले बन्द गर्ने चेतावनी
काठमाडौं, १९ माघ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा सञ्चालनमा रहेका पसलेहरुले पर्यटकलाई दुःख दिएको भन्दै बन्द गर्ने चेतावनी दिएको छ ।
पसलेहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई अशिष्ट भाषा बोल्ने, जबरजस्ती तान्ने जस्ता अशोभनीय व्यवहार गर्ने गरेको भन्दै सात दिनभित्र उक्त कार्य बन्द नभएमा उक्त स्थानबाट पसल हटाउने जनाएको हो ।
फूल तथा पूजा सामग्री पसल सञ्चालकले मूल्य एकरुपता कायम गर्न मूल्यसूची सार्वजनिक गरी सबैले देख्ने स्थानमा राख्ने व्यवस्था गर्न पनि कोषले सूचित गरेको छ ।

सम्बन्धित समाचार