जनप्रतिनिधि आफै सुचकमा बसेर मुसहर बालबालिकाहरुलाई जन्मदर्ता बनाइदिए

123 Shares

सर्लाही, १९ माघ । सर्लाहीको हरिपुर नगरपालिका वर्डा नं. ५ का वडाध्यक्ष सुरेन्द्रप्रसाद चौधरी आफै सूचकमा बसेर ५ जना मुसहर बालबालिकाहरुलाई जन्मदर्ता बनाइदिएका छन् ।
आफ्ना बाबु, आमाको नागरिकता नभएकाले वडाध्यक्ष चौधरीले सूचकमा बसेर मुसहर बालबालिकाहरुलाई जन्मदर्ता उपलब्ध गराएका हुन् ।
बाबु, आमाको नागरिकता नभएकै कारण उनीहरुले जन्माएको छोरा, छोरीलाइ जन्मदर्ता विहीन हुनुपरेको छ । आफ्नो वडामा कोही बालबालिका जन्मदर्ता विहीन हुन् नपरोस् भनी आफै सूचक बसेर जन्मदर्ता दिलाएको वडाध्यक्ष चौधरीले बताए ।
हरिपुर नगरपालिका वर्डा नं. ५ मजुर्वाका रामविश्वास माझी र गोलहीया कुमारीको कोखबाट २०७४ सालदेखि जन्मिएका चार सन्तानको एकसाथ जन्मदर्ता जारी गरेका छन् । २०७४ जेठ ३ गते जन्मिएको छोरा निरज माझी, उनीहरुकै कोखबाट २०७६ वैशाख ५ गते जन्मिएकी छोरी अमरिका माझी, २०७७ वैशाख ५ गते जन्मिएको छोरा निरञ्जन कुमार माझी र २०७८ असोज ५ गते जन्मिएकी सचिताकुमारी माझी र मजुर्वाकै उपेन्द्र माझी र सिकिलिया माझीकी छोरी रानीकुमारी माझीको जन्मदर्ता बनाइएको छ ।

सम्बन्धित समाचार