बागमती र हरिवनका विद्यार्थीहरुलाई कापी र कलम वितरण

110 Shares

सर्लाही, १९ माघ । समाजसेवी एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र साहले बुधबार बागमती र हरिवनका विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेका छन् ।
हरिवन ८ स्थित महादेव जनता माध्यमिक विद्यालयमा सो विद्यालयका प्रधानाध्यापक जयशंकर सिंह लगायतको उपस्थितिमा १५ सय १७ जना विद्यार्थीहरुलाई २÷२ थान कापी र एउटा कलम प्रदान गरेका हुन् ।
बागमती नगरपालिका वडा नं. १२ बथनियाँमा रहेको जनजागृति आधारभूत विद्यालयका २ सय भन्दा बढी विद्यार्थीहरुलाई कापी र कलम प्रदान गरेका छन् ।
बागमतिकी उपमेयर लिलाकुमारी मोक्तान, बागमती वर्डा नं. १२ का वडाध्यक्ष ओम श्रेष्ठ, कांग्रेसको नेता डोरप्रसाद भट्टराई, नेतृ सोनी कुमारी बोम्जन लगायतको उपस्थितिमा कापी र कलम वितरण गरेका हुन् ।

सम्बन्धित समाचार