zoom client app zoom msi install parameters zoom oauth app example zoom cloud app download for pc zoom conference app for windows zoom app meeting download for pc

खैरो हेरोइन सहित मण्डल प्रहरीको नियन्त्रणमा

   १३ आश्विन २०७७, मंगलवार ०८:३२  

विराटनगर, १३ असोज । खैरो हेरोइन (ब्राउन सुगर) लागुऔषध सहित प्रदेश नम्वर १ को राजाधनी विराटनगरबाट एक वृद्धलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो टोलीले विराटनगर महा नगरपालिका–१६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई हिजो साँझ खैरो हेरोइन सहित पक्राउ गरेको हो । विराटनगर महानगरपालिका वडा नम्वर १२ कलेज रोडबाट पक्राउ परेको मण्डलको साथबाट ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
साइकलमा यात्रा गरिरहेका वृद्ध मण्डलले भारतबाट ब्राउन सुगर लिएर आएको हुन सक्ने आशंका प्रहरीको छ । उनले लगाएको टी–सर्टको अगाडीको गोजीमा सेतो प्लाष्टिक भित्र प्याक गरेर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी राईको भने । उनीविरुद्ध लागुऔषध मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै