151
Shares
काठमाडौं, १९ माघ । कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ ।
‘छक्कापञ्जा ४’ र ‘छडके २’ आउने भएपछि प्रदर्शन रोकिएको हो । निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् ।
दिपेन्द्र खनालद्वारा लिखित यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने योजनासहित नयाँ रिलिज मिति घोषणा गर्ने पाण्डेले बताइन् ।
फागुन ५ गते फूलबारी लगायतका फिल्म रिलिज हुने भएपछि परदेशी २ रोकिएको हो । यसअघि यो फिल्म गत वर्षको दशैंमा आउने योजनामा थियो । स्रोतका अनुसार यो फिल्म रिलिज नभएसम्म प्रकाश सपुतले अर्को फिल्म नगर्ने सहमति गरेका छन् ।