विहिवार विहानै देखि पर्सा जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी हुने

857 Shares

तराई टप संवाददाता
पर्सा, १४ बैशाख । पर्सा जिल्लामा कोरोना महामारीले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते देखि एक साता सम्मको लागि निषेधाज्ञा जारी गर्न सिफारिश गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साले बैशाख १६ गते बिहान ४ बजे देखी २२ गते राती १२ बजेसम्म निषेधाजा जारी गर्न सिफारिश गरेको हो ।
पर्सा जिल्लामा कोरोना को दोश्रो लहर तिव्र रुपमा बढ्दै जाँदा कोरोनाबाट जनतालाई बचाउन मंगलवार बसेको बैठकले निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेका छन् । संक्रमणको दर उच्च रहेको पर्सामा कोरोना नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा डिसिसिएमसीको बैठक केन्द्रित थिए ।
नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर कोरोना संक्रमितको उपचार गर्न÷गराउन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । तत्कालका लागि २ सय शैयाको कोभिड संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार