न्युजिल्यान्ड बिरुद्ध टी–टवान्टी सिरिज माथि भारतको कब्जा

184 Shares

काठमाडौं, १९ माघ । सुभमन गिलको शतकमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको सहज जित निकाल्दै भारतले ३ खेलको टी–टवान्टी सिरिज २–१ ले कब्जा गरेको छ ।
अहमावादमा भारतले दिएको २ सय ३५ रनको बलियो लक्ष्य पछयाएको न्युजिल्यान्डले १२ ओभर १ बलमा अलआउट हुँदै मात्र ६६ रन बनायो ।
न्युजिल्यान्डका लागि डेरी मिचेलले ३५ रन बनाउँदा मिचेल स्टेनरले १३ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोडन सकेन् । भारतका लागि कप्तान हार्दीक पाडयाले सर्वाधिक ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले नटआउट १२६ रनको शतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गरे ।

सम्बन्धित समाचार