अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरे

114 Shares

नयाँ दिल्ली, १९ माघ । बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ ।
अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशत घटेपछि लगानी कर्तालाई फिर्ता गरिने पुष्टि गरेको हो ।
अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ । संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् ।
सूची अनुसार अडानी अहिले विश्वको १५ औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति ७४ दशमलब ७ अर्ब डलर छ । अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँ छन् । प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ । एजेन्सी ।
अस्पतालमा आगलागी, ३ जनाको मुत्यु र ३२ जना घाइते
कायरो, १९ माघ । इजिप्टको एक अस्पतालमा आगलागीको भएको कारण ३ जनाको मुत्यु र ३२ जना घाइते भएका छन् ।
बिहिवार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेका त्यसमा परी ३ जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो ।

सम्बन्धित समाचार