अमेरिका र फिलिपिन्स बिच सैन्य सम्झौता

108 Shares

मनिला, १९ माघ । फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ ।
फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।
अमेरिका र फिलिपिन्सबीच बिहीबार भएको सम्झौताले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको अमेरिकी गठबन्धनको प्रभावलाई सुनिश्चित गरेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई भेटेपछि सार्वजनिक भएको फिलिपिन्स–अमेरिकाबीचको उक्त सम्झौता धेरै पहिलेदेखि कार्यान्वयनमा रहेको इन्हान्स्ड डिफेन्स कोअपरेसन एग्रीमेन्ट (इडिसीए) अझ सुदृढ भएको छ भने । फिलिपिन्समा मानवीय र जलवायुसम्बन्धी प्रकोप सम्बोधनमा अमेरिकी सहयोग प्राप्त हुनेछ । साथै मनिला र वासिङ्टनबीचको राणनीतिक साझेदारी थप विस्तार भएको छ ।

सम्बन्धित समाचार