अस्पतालमा आगलागी, ३ जनाको मुत्यु र ३२ जना घाइते

153 Shares

कायरो, १९ माघ । इजिप्टको एक अस्पतालमा आगलागीको भएको कारण ३ जनाको मुत्यु र ३२ जना घाइते भएका छन् ।
बिहिवार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेका त्यसमा परी ३ जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो ।

सम्बन्धित समाचार