चन्द्रपुर नगरपालिका भोली देखि एक साताको लागि बन्द

तराई टप संवाददाता
चन्द्रपुर(रौतहट), १४ बैशाख । कोभिड १९ को दोश्रो लहर तिव्र रुपमा फैलिदै जाँदा कर्मचारी र नगरवासीलाई सुरक्षित राख्नका निमित्त चन्द्रपुर नगरपालिकाले भोली बुधवार देखि बाह्य कामकाज बन्द गर्ने निर्णय गरेको छ ।
पुर्व पश्चिम राजमार्ग संग जोडिएका रौतहटको चन्द्रपुर नगरपालिकाको आन्तरिक काम बाहेक बाह्य काम भोली देखि एक साताको लागि बन्द गर्ने निर्णय गरेको हो ।
बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै नगरपालिकाको आन्तरिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द हुने मेयर रामचन्द्र चौधरीले बताए । चन्द्रपुर नगरपालिकामा रहेका १० वटै वडा कार्यालयहरुबाट बाह्य सेवाहरु वैशाख १५ देखि २१ गते सम्म बन्द रहने मेयर चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।