चिनियाँ स्मार्टफोनको निर्यातमा १३ प्रतिशतले घटे

311 Shares

बेइजिग, एजेन्सी । चीनमा निर्माण हुँदै आएको स्मार्टफोनको निर्यातमा गत बर्ष १३ प्रतिशतले गिरावट आएको छ ।
सन् २०२२ मा चीनको स्मार्टफोन निर्यात १३ प्रतिशतले घटेको हो । समाचार एजेन्सी रोयटर्समा प्रकाशित एक लेखका अनुसार यो गिरावट पछिल्लो एक दशकको सबैभन्दा ठूलो गिरावट हो ।
बजारको अध्ययन गर्ने एक संस्थाले तयार पारेको रिपोर्टलाई उल्लेख गर्दै रोयटर्सले तयार पारेको उक्त लेखमा सन् २०२२ मा चीनबाट २८ करोड ६० लाख थान स्मार्टफोन आपूर्ति भएको थियो । यद्यपि सन २०२१ मा ३२ करोड ९० लाख थान स्मार्टफोनको आपूर्ति भएको थियो । यो भन्दा अगाडि चीनले सन् २०१३ मा ३० करोड थान स्मार्टफोनको निर्यात गरेको थियो । सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी भिभोको बिक्री नै सन् २०२२ मा २५.१ प्रतिशतले घटेको छ ।
त्यस्तै सन् २०२२ मा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सूचीको दोस्रो नम्बरमा भने अनर रहेको छ जसको बिक्री ३४ प्रतिशतले बढेको भएपनि कम्पनीले भिभोको बिक्री संख्यालाई भने छुन असफल रह्यो । यी सबै चिनियाँ नीतिको कारण व्यापार घाटा चीनमा बढ्दै गएपछि कतिपय बहुराष्ट्रिय कम्पनीहरु चीनबाट उत्पादनलाई घटाउदै गएको जनाइएको छ ।

सम्बन्धित समाचार