कृषि क्षेत्रलाई व्यवस्थित बनाई मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा कृषि मन्त्री ज्वाला साह

   माघ १९, २०७९  
183 Shares

रौतहट, १९ माघ । कृषि क्षेत्रलाई व्यवस्थित बनाएर व्यवसायीक खेती तर्फ जोड दिएमा मात्रै नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने कृषि मन्त्री ज्वाला साहले बताइन ।
रौतहट सदरमुकाम गौरमा विहिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय कृषि मन्त्री साहले मुलुकको आर्थिक अवस्था गम्भीर बनिरहेको हुँदा उक्त संकटबाट मुक्ति पाउने एक मात्र विकल्प कृषिलाई आधुनिकीकरणको मार्फत मात्रै सम्भव रहेको बताइन ।
कृषि क्षेत्रलाई व्यवसायीक बनाउन विभिन्न पौकेट क्षेत्रको अवधारणा सहित माटो परिक्षण गरेर लगानी गरेमा मात्रै कृषिको उब्जनीलाई बढाई मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सक्ने अभिव्यक्ति दिए ।
कृषिमा दिदै आएको अनुदानको कारण किसानहरु पनि खेती भन्दा पनि अनुदानमै रुमलिएदा यस क्षेत्रको अवस्था कमजोर बन्दै गएको चर्चा गरिन । व्यवसायीक कृषि गर्नका निमित्त कम व्याजदरमा ऋण प्रवाह गरेर किसानहरुलाई उत्साहित बनाउनुपर्ने आजको आवश्यक्ता रहेको उनले भनिन ।
विदेशिदै गएका युवाहरुलाई गाई, भैंसी, माछा, तरकारी, फलफुल, दुधबाट विभिन्न परिकारहरुको तालिम दिएर कृषिमा ऋणको मार्फत स्वदेशमै रोजगार सृजना गरिदा यहाँको श्रम शक्ति विदेशिनुपर्ने कुनै आवश्यक्ता नै थिएन । यी सबैको बन्दोबस्त मिलाउन तथा विचौलियाहरुलाई आफू कषि मन्त्री रहदा तह लगाउने प्रष्ट पारिन् । बैशाख सम्म किसानहरुलाई चाहिने रासायनिक मल गोदाममा मौजदात रहेको तथा बर्षे सिजनको लागि पनि आवश्यक पहल भईरहेको उनले भनिन । रासायनिक मलको विकल्पमा औरगेनिक मलको उत्पादन गराउने लक्ष्य लिएर आफू कृषि मन्त्री बनेको बताइन ।
रौतहट जिल्लामा नेकपा एमालेको कमजोर अवस्था प्रति चिन्ता व्यक्त गर्दै उनले शुन्यबाट सुरु गरेर आउदो चैत महिना सम्म वडा, पालिका र जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिइन ।
सियाप्यालेसमा सम्पन्न अभिनन्दन तथा स्वागत कार्यक्रममा संविधान सभा सदस्यद्धय चन्दन साह र मह्म्मद अब्दुलकलाम आजाद, प्रदेश साँसद जयचन्द पटेल, जैद राजा, पूर्व साँसद रेखा झा, पूर्व मेयर अजयकुमार गुप्ता, सन्तोष मेहता, देवाही गोनाहीका उपमेयर परनिया देवी पटेल, राजकिशोर यादव, उषा झा लगायत नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै