बालबालिका, जेष्ठ नागरिकलाई चिसो छल्न प्रदेश सरकारद्धारा न्यानो लुगा वितरण

266 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १९ माघ । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, मधेश प्रदेश, जनकपुरले विद्यालयमा अध्ययनरत बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा बौद्घिक अल्पसंख्यक र अपाङ्गता भएका ४० जनालाई जिल्ला समन्वय समितिको सभा कक्षमा विहिवार जाडोबाट बच्न न्यानो लुगा (कम्बल, टोपी र म्याट) वितरण गरिएको छ ।
सर्लाहीको श्रीमती सरस्वती देवी सामुदायिक आधारभूत विद्यालय, गोडैता नपा–५, रामवन, सर्लाहीमा अध्ययनरत सोनम कुमारी सहनी, शिवानी कुमारी कुशवाहा, चाँदनी कुमारी डोम, राजा मंसु्र र ममता कुमारी महरा तथा महादेव जनता प्राथमिक विद्यालय, बलरा नपा–१०, सुदामा, सर्लाहीका रंजना कुमारी दास, निकी कुमारी दास, गुञ्जा कुमारी पासवान, रजनिश कुमार बैठा र निभा कुमारी पासवानलाई शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहाले कम्बल, टोपी र म्याट हस्तान्तरण गरेका थिए ।
त्यसै गरी ज्येष्ठ नागरिक महालक्ष्मी देवी कर्ण, रामविलास महरा चमार, नयमा खातुन, प्रतिभादेवी कायस्थ, सकुल खातुन मियाँ, रामविनय राय, ठगिया खातुन, शुभनारायण राय यादव, रामचन्द्र महरा चमार र बसकित साहलाई प्रमुख अतिथि जितेन्द्र कुशवाहाले जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।
यसैगरी अपाङ्गता भएका रामदिनेश साह, रविन्द्र पासवान, सन्तोष दास, नवसाद अंसारी, सुमित्रा कुमारी दास, फुल कुमारी देवी, सत्रुधन पंडित, सोखिलाल राय, चित्ररेखा कुमारी र राजिव चौधरीलाई नेपाल अपाङ्ग संघ, सर्लाहीका अध्यक्ष विरेन्द्र राय तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक दर्शन राय, रामविनोद राय, प्रगाश साह, विद्यार्थी राम, लालबाबु राम, एकलाख मुकेरी, हसिम धोवी, रामविनय राम, तसलिम अंसारी र इन्दल रायलाई ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष डा.अब्दुल रहीम मिकरानी तथा मन्त्रालयका उपसचिव महेन्द्र महतोले जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री (कम्बल, टोपी र म्याट) हस्तान्तरण गरियो ।
आज मन्त्रालयले जिल्लाभरी विभिन्न कार्यक्रम गरी ८० जनालाई न्यानो कम्बल, टोपी र म्याट वितरण गरिएको मन्त्रालयका उप सचिव महेन्द्र महतोले बताए । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयलाई प्रत्यक्ष जनतासँग जोडने योजना निर्माण भइरहेको समेत जानकारी दिए । उपसचिव महतोले संख्यात्मक रुपमा थोरै व्यक्तिलाई समेटिएको भए पनि गुणात्मक कार्यको शुरुवात भएकोमा खुशी लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहाले महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले जोडोबाट बच्न न्यानो लुगा तथा सामग्री वितरण गरिरहेकोमा खुशी व्यक्त गरे । उनले मन्त्रालयलाई सर्लाही जिल्लालाई प्राथमिकतामा राख्न अनुरोध गर्दै त्यसका लागि उपयुक्त वातारण बनाउन सहयोग गर्ने प्रतिबद्घता गरे । कार्यक्रम मन्त्रालयका उपसचिव महेन्द्र महतोको अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्य, शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाको विशिष्ट आतिथ्य तथा ज्येष्ठ नागरिक जिल्ला संघ, सर्लाहीका अध्यक्ष डा.अब्दुर रहीम मिकरानी, नेपाल अपाङ्ग संघ, सर्लाहीका विरेन्द्र रायको आतिथ्य र नागरिक समाज, पत्रकार एवं सरोकारबालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।