कटहरियालाई हराउदै गरुडाले पहिलो अध्यक्ष कप माथि कब्जा जमाए

343 Shares

रौतहट, १९ माघ । अध्यक्ष कप टि २० नकआउट क्रिकेट टुर्णामेन्टको उपाधी गरुडा नगरपालिकाले चुमेको छ ।
दुर्गा भगवती गाउँपालिकाद्धारा पहिलो पटक पालिका स्तरिय अध्यक्ष कप टि २० नकआउट क्रिकेट प्रतियोगिता सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियामा संचालन भईरहेका थिए ।
विहिवार प्रतियोगिताको फाइनल खेलमा कटहरियालाई ७० रनले हराउदै अध्यक्ष कपको उपाधी चुम्न गरुडा नगरपालिका सफल भएका छन् ।
आज सम्पन्न फाइनल खेलमा गरुडा नगरपालिकाको क्रिकेट टिमले टस जितेर पहिलो ब्याटिंग रोजेका थिए । निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १६० रनको योगफल तयार परेर कटहरिया नगरपालिकालाई १६१ रनको टार्गेट दिएका थिए ।
प्रतिउत्तरमा कटहरिया नगरपालिका अलआउटठ हुँदै मात्रै ९० रन बनाए । गरुडाको खेलाडीहरु प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गर्दै पहिलो अध्यक्ष कप माथि कब्जा जमाउन सफल भए । आजको ब्याटिंगमा १० ओभर सम्म गरुडाका कसैलाई विकेट लिन कटहरिया सफल भएनन । पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेको अध्यक्ष कप आयोजक समितिका पदाधिकारी आदर्श झाले जानकारी दिए ।
पहिलो अध्यक्ष कपको विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार तथा शिल्ड मेडलहरु पाए ।

प्रमुख अतिथि मधेश प्रदेश सदस्य युवराज भटराईद्धारा पुरस्कार वितरण


विजेतालाई प्रमाण पत्र दिदै मधेश प्रदेशका सदस्य युवराज भटराई (समिर) ले खेलकुदको माध्यमबाट युवा विद्यार्थीहरुमा मानसिक तथा बौधिक विकासमा मद्दत पुग्ने हुने गरेको साथै क्रिकेट खेल प्रति बढ्दै गएको दुर्गा भगवतीबासी प्रति कृतज्ञता जनाए । नेपालमा पनि क्रिकेट खेलको राम्रो भविष्य रहेको हुँदा युवाहरुको यस खेल प्रतिको रुची बढ्दै जानु सुखद पक्ष रहेको हुँदा पालिकाबाट यस्ता खेलहरु निरन्तर रुपमा संचालन गराई प्रतिभावानहरुलाई अवसर प्रदान गर्ने कार्यमा अघि बढ्नुपर्ने सुझाव पनि दिए । प्रदेशबाट पनि क्रिकेटमा लगानी गराउन आफू यथोचित सदनमा आवाज उठाउने स्पष्ट पारे ।
उपविजेतालाई पूर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगतले प्रमाण पत्र र १५ हजारको चेक हस्तान्तरण गरे । गाउँपालिका अध्यक्ष शम्भु सिंहले क्रिकेट खेललाई विकास गराउने र यहाँका युवाहरुलाई राष्ट्रिय टोलीमा समावेश गराउने अभिप्रायबाट निकट भविष्यमा प्रदेश स्तरिय क्रिकेट म्याचको आयोजना गर्ने घोषणा गरे ।
सो कार्यक्रममा उपाध्यक्ष शिला देवी, वडाध्यक्ष धर्मेन्द्र कुमार झा (डिके), प्रदुम्न चौधरी, धर्मनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रभातकुमार झा, पत्रकार गौतम श्रेष्ठ, संजयकुमार मिश्र, आलोक पाण्डे, रामएकवाल साह, राजेश्वर पाण्डे, पुष्पराज यादव, पवन राज गुप्ता क्रिकेटप्रेमी हेमचन्द्र झा, विनयकुमार झा, हरिशंकर झा, गरुडा नगरपालिकाको समाजसेवी शैलेस जयसवाल, युवा नेता रौशन झा लगायतका क्रिकेट प्रमिहरुको उस्थिति रहेको थियो ।
अम्पायर सन्तोष झा र पंकज सिंहलाई पनि प्रमाण पत्र तथा मेडल प्रमुख अतिथिको रुपमा आएका प्रदेश साँसद भटराईले दिएको जानकारी दिदै आयोजक समितिका सदस्य बेदानन्द ठाकुरले प्रतियोगिता भरी खेलमैदानलाई सफा राख्ने कार्यमा संलग्न सफाईकर्मीहरुलाई गाउँपालिका अध्यक्ष सिंहले गम्छा, माला, टिका लगाएर सम्मान गरेको उनले भने ।

सम्बन्धित समाचार