२ वटा ट्रक एकआपसमा ठोक्किँदा २ युवाको मृत्यु

   माघ २०, २०७९  
123 Shares

झापा, २० माघ । झापाको शिवसताक्षी नगरपालिका वर्डा नं. १ धरमपुरमा सुक्रवार बिहान २ वटा ट्रक एकआपसमा ठोक्किँदा २ युवाको मृत्यु भएको छ ।
ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।
मृत्यु भएको ट्रक चालक मदन चौधरी र सहचालकको परिचय खुलेको छैन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै