145
Shares
काठमाडौं, २० माघ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर किलिएन एमबाप्पेले चोटको कारण च्याम्पियन लिग अन्तिम १६ अन्तर्गत बायर्न म्युनिख विरुद्धले खेल गुमाउने भएको छ ।
‘थाई इन्जुरी’ को कारण करिब तीन साता बाहिर बस्नुपर्ने भएपछि एमबाप्पेले खेल गुमाउने भएको हो । बुधबार फ्रेन्च लिग वानमा मोन्टेपिलरलाई ३–१ ले हराउँद एमबाप्पेले घाइते भएको कारण मैदान छाडेका थिए ।
२१ औं मिनेटमा मैदान छाडनु अघि एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए । पीएसजीले फेब्रुअरी १४ मा घरेलु मैदानमा जर्मन च्याम्पियन्स बायर्न विरुद्ध खेल्ने छ ।
यस्तै २४ वर्षीय एमबाप्पेले फ्रेन्च कप अन्तर्गत मार्सेल विरुद्ध फेब्रुअरी ८ मा हुने खेल समेत गुमाउने छन् । साथै फेब्रुअरी ११ मा हुने मोनाको विरुद्धको खेल पनि उनले गुमाउने छन् ।
एमबाप्पेले यस सिजन पेरिस क्लबका लागि २६ खेलमा २५ गोल गरेका छन् ।