जलविद्युत आयोजनाकोे काम स्थानीय बासिन्दाले रोके

105 Shares

जनकपुरधाम, २० माघ । महोत्तरीमा उचित मुआब्जाको माग गर्दै अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारण निर्माणको काम स्थानीय बासिन्दाले रोकेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ८ भगवानपुरमा काम अवरोध गर्दै स्थानीय बासिन्दा आन्दोलित भएको हो ।
महोत्तरीमा अहिले पोल माथि तार तान्ने काम भइरहेको छ । स्थानीय बासिन्दाले तार मुनिको खेत र क्षति भएको बालीनालीको उचित मुआब्जा दिनु पर्ने माग गरिरहेका छन् ।
स्थानीय रामविनय यादवका अनुसार त्यस क्षेत्रमा पोल गाडिएको खेतको प्रति ४ लाख ६८ हजार मुआब्जा दिइसकिएको छ ।
स्थानीय बासिन्दाले तार मुनिको जमिनमा रुख विरुवा लगाउन र घर बनाउन नपाइने भएकाले पोल गाडिएकै खेतको बराबर मुआब्जा पाउने पर्ने माग गरेका हुन् । उनीहरुले तारतान्दा क्षति हुने बालीको मुआब्जा दिनु पर्ने अडान राखेका छन् ।

सम्बन्धित समाचार