छोराद्वारा बाबुको हत्या

   माघ २०, २०७९  
123 Shares

रौतहट,२० माघ । चन्द्रनिगाहपुरमा छोराले बाबुको हत्या गरेको छ । घरायसी विवादमा चन्द्रपुर नगरपालिका वर्डा नंं ६ का ३२ वर्षीय प्रकाश रायले बुबाको हत्या गरेको प्रहरीले जनाए ।
राईले दाउराको चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमार राइको हत्या गरेको प्रहरीले जनाएको छ ।
बाबु र छोरा बिच रातिमा विवाद हुँदा छोरा प्रकाश रायले दाउराको चिर्पटले हानेर बुबा निर कुमारको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएर गएको अवसता मृत्यु भएको इलाका प्रहरी जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै