सुनको मूल्य तोलामा १४ सय घटे

107 Shares

काठमाडौं, २० माघ । शुक्रबार सुनको मूल्य तोलामा १४ सय घटेको छ । छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ हजार १ सय र तेजाबी सुनको मुल्य १ लाख ५ हजार ६ सय घटेर भएको हो ।
बिहीबार छापावाल सुनको मुल्य १ लाख ७ हजार ५ सय र तेजाबी सुनको मुल्य १ लाख ७ हजार थियो ।
बिहीबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य तोलामा ३० रुपयाँ घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार हुदै छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार