हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘पिरती’ सार्वजनिक भए

219 Shares

काठमाडौँ, २० माघ । गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘पिरती’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा हेमन्त, विजय पुन, नीशा मगर र चाहाना मगरको अभिनय छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाङ्कन भएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिम श्रृखला समेत देख्न सकिन्छ ।
प्रेममा रमाएका दुई जोडीको रोमान्टिक प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् ।

सम्बन्धित समाचार