२१ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

106 Shares

काठमाडौं, २० माघ । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका वर्डा नं. १ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका वर्डा नं. ६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिकामा बस्ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व गर्ने कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार