मधेश प्रदेशका मुख्यमन्त्री विकासको अगाडि बढाउने धारणा व्यक्त गरे

150 Shares

जनकपुरधाम, २० माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा सुशासन कायम गर्ने आफनो पहिलो प्राथमिकता हुने बताएको छ ।
बाराको कलैयामा नगरसभा गृहको शिलान्यास गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा विधिको शासन कायम गर्ने र बेथीतिलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताए ।
भ्रष्टाचार गर्ने लाई पनि अब प्रदेश सरकारले कडा कारबाही गर्ने समेत बताउँदै उनले प्रदेशका सबै जिल्लाहरुको सदरमुकामलाई पहिलो प्राथमिकतामा राखेर विकासको अगाडि बढाउने धारणा व्यक्त गरे ।
विकास निर्माण प्रक्रियाको लागि गरिने टेण्डर प्रक्रिया गलत रहेको बताउँदै मुख्य मन्त्री सरोज कुमार यादवले प्रदेश सरकारको विकास निर्माणको काम समय घटाघटको आधारमा निर्माण गर्ने गरी ऐन ल्याउन लागेको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार