सिमावर्ती क्षेत्र महादेवपर्टीमा भारतबाट आउनेहरुको लर्को

   १४ बैशाख २०७८, मंगलवार १७:०९  

तराई टप डेष्क
रौतहट, १४ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना महामारीको सुनामी आएपछि त्यहाँ विभिन्न काममा रहेकाहरु धमाधम स्वदेश फर्किरहदा उनीहरुलाई सिमामा रोकेर समुचित रुपमा चेकजाँचको व्यवस्थान नहुँदा जोखिम बढ्ने खतरा उत्पन्न भएको छ ।
गौर भन्सारको मुख्य नाका एक बर्ष अघि देखि सर्वसाधारणको लागि बन्द भएपनि महादेवपटी, लक्ष्मिपुर, ब्रम्हपुर, लगायतका नाकाहरुबाट लुकिछिपी व्यवहारिक रुपमा नेपाली जनता र भारतीय जनताहरु सहजै ओहरदोहर गरिरहेको भएपनि अहिले भारतमा कोरोनाको सुनामी नै आएको हुँदा भारतबाट नेपाल आउनेहरु माथि निगरानी राख्दै सिमामै एन्टीजेन वा अन्य प्रविधिको परिक्षण गरेर प्रवेश गराउनुपर्नेमा त्यसो नहुँदा नेपालमा पनि कोरोनाको उच्च जोखिम बढ्दै गएको हो ।
सिमामा तैनाथ सुरक्षाकर्मीहरु पनि दिनभरी अबैध मालसामान ओसार्नेहरुको पछि पछि चित्त बुझाउने गरेको छ । खेतै खेतमा सुरक्षाकर्मीहरु तैनाथ रहेपनि आउने जानेहरुमा कुनै कमि आएको देखिदैनन् ।
भारतको मुम्वई, दिल्ली, हरियाणा, पंजाव, गुजरात, उत्तरप्रदेश लगायतका विभिन्न शहरबाट स्वदेश फर्किनेहरुको अहिले सिमामा लर्को लागेको छ । महादेवपर्टीमा खडा गरिएको गौर नपाको अस्थायी हेल्थ डेस्कमा पर्याप्त मात्रामा एन्टीजेन किट लगायतका सामग्रीहरुको अभाव रहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।


हिजो सम्म ऐन्टीजोन किटबाट परिक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ पाइएको तर आज १६ जनाको परिक्षणमा ४ जना पोजेटिभ भएको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले बताए । पोजेटिभ भएका चारै जनालाई जिल्ला स्वास्थ्य कार्यालय गौरमा पिसिआर परिक्षणको लागि पठाइएको बताए । हेल्थ डेस्क अगाडी भएर जानेहरुको परिक्षण जेनतेन हुन्छ तर खेतै खेत भएर जानेहरुको परिक्षण भगवान भरोसे भईरहदा सिमावर्ती क्षेत्र सहित जिल्ला भरी कोरोना महामारीको उच्च जोखिम बढेर गएपछि महादेवपर्टीका केही जनताहरु भोली देखि बाँस गाडेर गाउँ प्रवेश गर्न नदिने अस्थामा पुगेको एक जनाले बताए ।
समयमै ध्यान नपुर्याए रौतहटको अवस्था धेरै खराव हुने तथा यहाँ विभिन्न कोरोना संबन्धि संकटहरु खडा हुने वेर लाग्ने छैनन् । “सवै सचेत बनौ, कोरोना रुपी महामारीलाई अन्त्य गर्ने कार्यमा नेपाल सरकारलाई सघाउ, भने अभियानमा सवै क्षेत्रको भुमिका यतिवेला महत्पूर्ण हुने छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै