चरम आर्थिक संकटको भुमरीमा पाकिस्तान, आइएमएफले पाकिस्तानको लागि कठिन समय

178 Shares

इशलामाबाद, एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानको लागि आउदो समय झन् कठिन रहेको अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को रिपार्ट खुलाशा भएपछि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ तनामा परेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आईएमएफले आफ्नो देशलाई ६.५ अर्ब डलरको बेलआउट बाट रोकिएको रकम अनलक गर्नका लागि “कठिन समय” दिएको बताएका हुन् ।
“हाम्रो आर्थिक अवस्था अकल्पनीय रुपमा कमजोर भएको छ, तपाई सबैलाई थाहा छ हामीसँग साधन स्रोतको अभाव छ,” उनले थपे । “हामीले आईएमएफसँग सहमत हुने शर्तहरू कल्पना भन्दा बाहिरका छन् । तर हामीले सहमत हुनैपर्छ, प्रधानमन्त्री शरिफले भने ।”

सम्बन्धित समाचार