ताइवान प्रति सीको महत्वाकांक्षालाई कम नठान्नुहोसः अमेरिकी जासूस प्रमुख

197 Shares

वासिंगटन, एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सीको प्रमुखले ताईवान प्रतिको चिनियाँ राष्ट्रपति सी जिंनपिनको महत्वाकाँक्षालाई कम आकलन गर्नु गलत हुने बताए ।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सले चिनियाँ राष्ट्रपति सी जिंनपिनको ताइवानप्रतिको महत्वाकांक्षालाई कम आँकलन गर्न नहुने बताएको हो । सीले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमा आक्रमण गर्न तयार रहन आदेश दिएको कुरा अमेरिकालाई “गुप्तचर को रूपमा” थाहा भएको उनले थपे ।
बर्न्सले भने कि सीले युक्रेनमा रुसको सेनाको “अत्यन्त कमजोर प्रदर्शन” बाट पाठ सिक्न खोजिरहेका थिए ।

सम्बन्धित समाचार