पहिलो गभर्नर थापाको निधन

114 Shares

काठमाडौं, २२ माघ । काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा ९५ वर्षको उमेरमा उपचारत थापाको आज बिहान निधन भएको छ ।
अस्पताल अनुसार उनको निधन आइचवार बिहान साढे ६ बजेतिर भएको हो । उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए ।
उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँको विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
जागिरबाट अवकाश भएपछि उनले गोर्खा बरुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।
जबरा गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका थिए । त्यसबाट नेपाल–जापानमा मुद्रा विनिमयमा सहज हुनुका साथै दुई देशबिचको आर्थिक सम्बन्ध पनि विकास भएको थियो ।

सम्बन्धित समाचार