114
Shares
काठमाडौँ, २२ माघ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आज समापन हुँदै छ । माघ शुक्ल पूर्णिमाको दिनबाट व्रत समाप्त हुन्छ ।
पौष शुक्ल पूर्णिमाका दिन श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
आज मध्याहन कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।