बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखिकरण

150 Shares

दाङ, २२ माघ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ ।
तुलसीपुर उप महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो ।
उप महानगरपालिकाका १० वटा धर्मगुरुलाई सचेत पारिने तथा अन्य वडामा र्याली गरिने छ । विवाह गराउने भनेको धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूले नै रहेको भन्दै उमेर नपुगी आउने विवाहलाई रोक्नुपर्ने भन्दै सचेत बनाएको उनले बताइन् ।
उनका अनुसार विवाह गरेर आउने जोडीको नागरिकता हेरेरमात्रै आवश्यक कार्य गर्दा बालविवाह रोकिने भन्दै यसमा धर्मगुरुहरूकै बढी हात हुने उनको भनाइ छ ।
तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय भएको भन्दै सबै मन्दिर तथा गाउँघरमा गरिने विवाहमा पनि पण्डितहरूले नागरिकता हेर्ने गर्नुपर्ने बाल अधिकारकर्मी नवराज लामिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार