143
Shares
काठमाडौँ, २२ माघ । साफ यू–२० महिला च्याम्पियन सिप फुटबलको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटान बिचको खेल दिउँसो ३ः१५ बजे सुरु हुने छ ।
आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।