शुभम पावर लिमिटेडको आईपीओमा आवेदनको आज अन्तिम दिन

   माघ २२, २०७९  
172 Shares

काठमाडौँ, २२ माघ । शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।
सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले १० प्रतिशतले आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोष ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता र कर्मचारीहरूलाई २ प्रतिशतले हुने ११ हजार ६१० कित्ता छुट्टाएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि लिएर अधिकतम ५ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्ने ब्यबस्था मिलाइएका छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै