कुपोषित बालबालिका हुने सक्ने आशङ्का ‘स्क्रिनिङ्ग’ (पहिचान) गर्न सुरु

   माघ २२, २०७९  
175 Shares

रुपन्देही, २२ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशङ्का ‘स्क्रिनिङ्ग’ (पहिचान) गर्न सुरु गरेको छ ।
नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रूपमा शिविर सञ्चालन गरी ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।
यी तीन वटै वडाले ६ महिना देखि २३ महिना सम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान ९ लस्क्रिनिङ्गका लागि आइतवार देखि वडा नम्बर ३ बाट प्रोत्साहन सहितको नियमित वृद्धि अनुगमन शिविरको शुभारम्भ गरेका छन् ।
शिशुहरु कुपोषणको सिकार भएको पाइएपछि ३ तीन वटा वडाका वडाअध्यक्षहरुले संयुक्त रूपमा शिविरको सुरुवात गरेका छौँ’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘यो शिविरले तीन वटै वडाकावासीहरु लाभान्वित भई शिशुहरूको वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’
‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारा सहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरूमा कुपोषण सम्बन्धी आशङ्का भए शिविरको लाभ लिन सक्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै