शाहरुख खान, दिपिका पादुकोण र जोन अब्राहम फिल्मको स्टारर

   माघ २२, २०७९  
227 Shares

मुम्बई, २२ माघ । बक्स अफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दिपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै हो ।
फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ । तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो ।
फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रूपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ ।
‘जब शाहरुख र सलमान पठान र टाइगरका रूपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन । पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जस कारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो । त्यस कारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै