हातहतियार सहित १ जना मिटरव्याजी पक्राउ

145 Shares

धनुषा, २२ माघ । जनकपुरधामबाट हातहतियार सहित १ जना मिटरव्याजीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वर्डा नं. १ बस्ने ४१ वर्षीय दिलिप साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका हो ।
प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३ सय ३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार