पुरानो बानेश्वरमा २ जना मृत अवस्थामा भेटिए

142 Shares

काठमाडौं, २२ माघ । काठमाडौंको पुरानो बानेश्वरमा २ जना मृत अवस्थामा भेटिएका छन् ।
रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी निशान श्रीवास्तवका अनुसार शनिबार साँझ ६ बजे २ जनाको शव भेटिएको हो ।
बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो । त्यस क्रममा घटना अपराहन ४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार