जङ्गलमा डढेलो लाग्दा २३ जनाको मृत्यु

130 Shares

चिली, २२ माघ । चिलीको दक्षिणी मध्य भागस्थित जङ्गलमा डढेलो लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
अत्यधिक गर्मीबीच लागेको डढेलोका कारण २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९ सय ७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उनले बताए ।
मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन । राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ ।
डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् ।
राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जङ्गलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार