प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न

137 Shares

काठमाडौँ, २२ माघ । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।
मुलुक संघीयतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो । गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढिकरणमा केन्द्रीत छ ।
संगठन चलयमान बनाउन सुदृढिकरण र सुद्धिकरणलाई प्राथमिकता दिएका छौ ं। युनियनले यसअघि संघिय संरचना बनाएको थिएन । अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन ्।
मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा.मुरारी अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार