रौतहट, २२ माघ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
प्रेस चौतारी आबद्ध पत्रकारहरुले बिरामी लाई फलफूल बितरण गरी तथा चियापान कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको हो ।
समृद्धिको लागि संचारकर्म, प्रेस चौतारीको मुल मर्म भन्ने मुलनाराका साथ चन्द्रनिगाहपुर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल बितरण गरि प्रेस चौतारीको स्थापना दिवस मनाए ।
फलफूल बितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य संजय मिश्रा, मधेस प्रदेशको अध्यक्ष फणि महत, जिल्ला अध्यक्ष उतम कुमार उपाध्याय, नेकपा एमालेका जिल्ला सचीव बालबिक्रम कार्की ,चौतारी जिल्ला सचिव मुकेश साह, पत्रकार कृष्ण तिवारी, रामानन्द साह लगायत अस्पतालका चिकित्सक सिद्विकी सिंह लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा संगठन बिस्तार, संगठन सुदृढीकरण, श्रमजीवी पत्रकारहरुको हकहितमा आवाज उठाउने निर्णय गरिएको थियो ।