फागुन ५ गतेदेखि मौलापुरमा मधानी महायज्ञ हुने

326 Shares

रौतहट, २२ माघ । मौलापुर नगरपालिकामा फागुन ५ गतेदेखि ७ गतेसम्म मधानी महायज्ञ हुन गइरहेको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म पुरातात्विक महादेव मंदिर परिसरमा हुन लागेको हो ।
मौलापुर नगरपालिका वर्डा नं. ५ पतौरा स्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसपटक मधानी महायज्ञको उपराष्ट्रपति नन्द बहादुर पुनले उदघाटन गर्ने कार्यक्रम रहेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
महायज्ञको उदघाटन गरेपछि नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसी, भारतिय भोजपुरी गायिका ईन्दु सोनाली लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिने छिन् ।
फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानी सहित भारत तथा नेपालका अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ ।
फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने अधिकृत साहले बताए ।
धार्मिक सांकृतिक, कुस्ती लगायत विभिन्न कार्यक्रम हुँदै आएको मधानी महायज्ञको अवसरमा एकहप्ता सम्म मौलापुरमा लाग्ने मेलामा पर्सा, बारा, रौतहट, सर्लाहीका साथै सिमावर्ती भारतिय क्षेत्र बाट लाखौं भक्तजन आउने गरेका छन ।

सम्बन्धित समाचार