होटल संचालकको कुटाईबाट भारतीय नागरिकको मृत्यु

   १३ आश्विन २०७७, मंगलवार ०८:४७  

मोरङ, १३ असोज । मोरंग जिल्लाको उर्लावारी स्थित होटलमा बसेका ग्राहकलाई संचालकको कुटाइबाट भारतीय नागरिकको मृत्यु भएको छ ।
मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट भारत पश्चिम बंगाल दार्जलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार गत आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारको क्रममा मृत्यु भएको छ । सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमती सहित होटलमा बस्ने पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुई जनाबीच विवाद भएको थियो । श्रीमान र श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीको भनाई छ ।
मल्लिकको श्रीमती सँगको विवाद गरेपछि तामाङ छुट्याउन गएको एसपी खड्काले भने, ‘तामाङसँग धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएको भए ।’ टाउकोमा चोट लागेर बेहोस भएका मल्लिकलाई आइतबार राति उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगियो तर त्यहाँ पनि उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो ।
एसपी खड्काका अनुसार मल्लिक उपचारको क्रममा सोमबार राति सिलिगुडीमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रण आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको तथा मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै