प्रहरीकै मिलोमतोमा छन् तस्करी, भन्सार छलीका सामानहरु भणडारण गर्ने पसलमा प्रहरीको छापा

   माघ २२, २०७९  
230 Shares

रौतहट, २२ माघ । रौतहट प्रहरीले सदरमुकाम गौरको एक प्रसिद्ध गल्ला भण्डारमा छापा मारेर शनिवार राति ठूलो परिमाणमा खाद्यान्न सामग्रीमा गहुँ बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा गौर नगरपालिका वडा नम्वर ५ बरहवा पुल पारी लक्ष्मि गल्ला भण्डारमा गएराति जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएका प्रहरी टोलीले छापा मारेर भारतबाट चोर नाका भई नेपाल भित्रयाएको ठूलो परिमाणमा खाने योग्य गहँु बरामद गरेको हो ।
चोर नाका भएर सिमापारी भारतबाट साइकलमा राखेर गहुँ ल्याउदै गरेका भारत सीतमढी वैरगनियाका १८ बर्षिय अर्जुन कुमार र १८ बर्षिय विशाल कुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्दै गएपछि गौर नगरपालिका १ निवासी गोपाल अग्रवालले वडा नम्वर ५ मा संचालन गरेको लक्ष्मि गल्ला भण्डारमा पुर्याउने गरेको बताएपछि प्रहरीले गएराति उक्त गल्ला भण्डारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गल्ला भण्डारबाट भारतीय चामलको बोरोमा ५८ बोरा, ना.६ख. ७६६१ नम्वरको ट्रकबाट ५०० बोरो (५० केजीको बोरा), ना.२ ख. ८७८१ नम्वरको ट्रकमा १६८ बोरा गहँु सहित २ जनालाई गए राति नै नियन्त्रणमा लिइएको रौतहट प्रहरीको डिएसपी उमाशंकर यादवले बताए । गहँु सहित लोड भएका ट्रकको आवश्यक अनुसन्धान भईरहेको छ भने ति गल्ला भण्डारले रितपुर्वक कारोवार गरेको छ कि छैनन त्यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालयमा विलविजकहरुको भेरिफिकेशन गरिने कार्य भईरहेको स्पष्ट पारे ।
यसैगरी आईतवार दिउसो गौर नगरपालिका ५ स्थित नन्दलाल चामल, चिउरा र भुजा उद्योगमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अबैध रुपमा नेपाल भित्रयाइएका चामल बरामद भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले छापा मारेर पसललाई उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल लगाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।त्र
सीमापारी भारतीय बजारबाट चोर बाटो भएर राजस्व छली गरेर भित्रयाइएको २०० बोरा चामल बरामद भएको छ । उक्त चामलको विलविजकहरु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै