२२ विश्व नेताहरू मध्ये प्रधानमन्त्री नरेन्द मोदीको सबैभन्दा चर्चित नेता

   माघ २३, २०७९  
157 Shares

नयाँ दिल्ली, एजेन्सी । विश्वका चर्चित नेताहरुको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उच्च स्थानमा रहेको एक रिसर्चले जारी गरेको सूचीमा उल्लेख गरिएको छ ।
रिसर्च फर्म मर्निङ कन्सल्टले गरेको सर्वेक्षणका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी २२ विश्व नेताहरूमध्ये सबैभन्दा उच्च अनुमोदन रेटिङमा रहेको हो ।
जबकि प्रधानमन्त्री मोदीको रेटिंग्स हाल ७८ % ले पहिलो स्थानमा छ, मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोर ६८ % अनुमोदन रेटिंग संग दोस्रो स्थानमा छन् । ओब्राडोर पछि स्विस कन्फेडेरेसनका अध्यक्ष एलेन बेर्सेट, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी छन् । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै