रुपन्देही र रौतहटमा भएको दुर्घटनामा २ जनाको मृत्यु

170 Shares

रौतहटं, २३ माघ । रुपन्देही र रौतहटमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा रोकिराखेको ट्रकमा बसले ठोक्किंदा र रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा १÷१ जनाको मृत्यु भएको हो ।
बुटवलबाट भैरहवा जाँदै लु २ ख ६०३८ नम्बरको बस गएराति अञ्चलपुर भन्ने स्थानीय सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किँदा बसको सहचालक तनहुँको भिमाद नगरपालिका वर्डा नं. ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वर्डा नं. ४ धन्सार पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।
सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश–०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिंदा सर्लाहीको हरिवन नगरपालिका वर्डा नं.७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाए ।

सम्बन्धित समाचार