धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला

   माघ २३, २०७९  
143 Shares

काठमाडौं, २३ माघ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सोमबार देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरे पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।
२५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन बिक्री खुला गरेको छ ।
आजदेखि आवेदन खुलेको आईपीमोमा छोटोमा २६ माघ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने म्याद ८ फागुनसम्म थप हुनेछ ।
आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै