132
Shares
काठमाडौं, २३ माघ । ब्राजिलियन फुटबलका उत्कृष्ट फर्वार्ड नेयमारको जन्म दिन नेपालमा पनि मनाइएको छ ।
फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना गरेर आइतबार साँझ नेयमारको जन्म दिन मनाएको हो ।
कार्यक्रममा नेयमारको जर्सीसहित तस्वीर पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपाल समाजवादीकी केन्द्रीय सदस्य जेसिका लामाले नेयमारको जन्म दिनको अवसरमा उक्त आश्रममा खाद्य सामग्री पनि वितरण गरकी थिइन् ।
फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।