थप १४ जनामा कोरोना पुष्टि संक्रमतको संख्या १०७

तराई टप संंवाददाता
रौतहट, १५ वैशाख । कोरोना भाइरसबाट बुधवार थप १४ जना संक्रमित भएको पुष्टि भएको छ ।
गौर अस्पतालमा पिसिआर प्रणालीबाट परिक्षण गर्दा आज १४ जनामा कोरोना संक्रमित भए संगै रौतहट जिल्लामा संक्रमित हुनको संख्या १०७ पुगेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको सुचनामा महादेवपटी नाका भएर १२४१ र बंकुल नाकाबाट २५५ गरी १४९६ जना भारतबाट नेपाल प्रवेश गरेका छन् ।
कोरोनाबाट १ जनाको मृत्यु भईसकेको छ । १०७ जना संक्रमित मध्ये ७९ पुरुष र २८ जना महिला रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । गौर नपामा २३, चन्द्रपुरमा २५, गरुडामा १०, इशनाथमा ३, परोहामा १, बौधीमाईमा २, मौलापुरमा १, कटहरियामा ६, फतुवा विजयपुरमा ६, देवाही गोनाहीमा १, गढीमाईमा १, माधवनारायणमा ७, राजदेवीमा ४, यमुनामाई गापामा ४ र दुर्गा भगवतीमा ६ कोरोना संक्रमितको संख्या रहेका छन् ।
राजपुर, गुजरा र वृन्दावन नगरपालिकामा अहिले सम्म संक्रमित नरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको तथ्याँकमा उल्लेख रहेको छ ।