विदेशी मुद्राको विनिमय दर सार्वजनिक

213 Shares

काठमाडौँ, २३ माघ । नेपाल राष्ट्र बैंकले सोमबारको दिन विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी १ डलरको खरिद दर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो ।
युरोपियन युरो सोमबार एक रुपैयाँ ८ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४१ रूपैयाँ २ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ । आइतबार यसको खरिददर १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्डको खरिद दर १५७ रूपैयाँ ४६ पैसा र बिक्री दर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ । अघिल्लो कारोबारको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको छ । आइतबार यसको खरिद दर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकिएको थियो ।
अष्ट्रेलियन डलरको मूल्य १ रुपैयाँ ८३ पैसाले घटेर यसको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि आइतबार यसको खरिददर ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा तोकिएको छ ।
आज कतारी १ रियालको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ । युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ ।

सम्बन्धित समाचार