कोभिड व्यवस्थापनमा गौर नपाले अस्पताललाई दिए साढे पाँच लाख

तराई टप संवाददाता
रौतहट, १६ वैशाख । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिले आहवान गरे अनुसार गौर नगरपालिकाले गौर अस्पताललाई साढे पाँच लाखको चेक दिएको छ ।
कोरोनाको दोश्रो लहर तिव्र रुपमा बढ्दै गएपछि यहाँका कोरोना भाईरस संक्रमित भएका विरामीलाई जिल्लामै समुचित रुपमा उपचार गराउनका निमित्त चाहिने आइसोलेसन, भेण्टिलेटर सहितको वेड, एचडियु, एम्बुलेन्स लगायतको औषधी उपकरण खरिद गर्नका लागि रौतहटको १८ वटै पालिकालाई ५÷५ लाखको दरले रकम गौर अस्पतालको खातामा राखिदिन जिल्ला प्रशासन कार्यालयमा वेशाख १२ गते बैठकबाट निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले उक्त रकम चाँडै गौर अस्पतालमा जम्मा गराइदिन आग्रह स्थानीय तह समक्ष गरेका थिए ।
“मानविय सेवामा गौर नगरपालिका सधै एक कदम अघि बढाएर यहाँको जनताको जिवन रक्षा गर्ने गरेका छौं मेयर अजय गुप्ताले भने ।” “मेयर गुप्ताका अनुसार नगरपालिकामा बजेट नभएपछि नगरवासी सहित यो जिल्लाको जनताको जिवन रक्षा गर्नु मेरो पहिलो कत्र्तव्य रहेको हुँदा आजै गौर अस्पतालको एम्बुलेन्स सेवामा साढे पाँच लाखको चेक दिएको प्रष्ट पारे ।”